थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो « Khabarhub

थप ४ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो । अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ ।

यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन ।

शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले शनिबारसम्म सबै जिल्लाको विवाद समाधान गरेर निर्वाचन समितिलाई नामावली बुझाउने सहमति गरेको थियो ।

तर, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले अझै ८ जिल्लाको विवाद समाधान गर्न नसकेको हो । विवाद समाधान नभएका जिल्लाहरुमा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । अन्य ५७ जिल्लामा भने वडा अधिवेशन भइसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : २० बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको