३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ? « Khabarhub

३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ?


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३, टर्कीमा २४ हजार ११४, अमेरिकामा १७ हजार ९४७, भारतमा १४ हजार २८९ र ब्राजिलमा ५ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ४ हजार २३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९९७, टर्कीमा १८६, भारतमा १६५, अमेरिकामा १६१, ब्राजिलमा १२५ र बेलायतमा ५७ जना छन् ।

२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

निको हुनेमा बेलायतमा ३६ हजार ७०४, टर्कीमा २४ हजार ४०३, अमेरिकामा २२ हजार २५२, भारतमा १९ हजार ५७८, रुसमा १८ हजार ७१७ र बेलायतमा १० हजार ५५७ जना छन् ।

योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१ करोड ८६ लाख ८२ हजार ६६४ पुगेको छ भने ४९ लाख १३ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या २४ करोड १४ लाख ५६ हजार ३१ जना पुगेको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ३० बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग