अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ « Khabarhub

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी)का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे।

‘हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ । यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ’, उनले भने।

बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाएको र स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उनले जानकारी दिए । ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उनको दाबी छ । 

इरानले चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनले अमेरिकी सैन्य अखडालाई आवश्यक परे लक्षित गर्न सक्ने बताए।

मोहेबीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा कमी आएको दाबी गरे। उनका अनुसार युद्धअघि खाडीमा करिब ४० अमेरिकी युद्धपोत रहेकामा अहिले कुनै पनि छैनन् । 

अमेरिकी विमानवाहक जहाज तथा अन्य युद्धपोतलाई क्षेत्रबाट ५०० देखि ७०० किलोमिटर टाढा राखिएको उनले बताए। अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भण्डारमा समेत कमी आएको उनको भनाइ छ ।

अमेरिकाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उहाँले अमेरिकी सैनिक तैनाथी, विमान गतिविधि र सैन्य योजनामाथि निगरानी भइरहेको बताए। 

इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उनले बताए। इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि जवाफ दिइने उहाँको भनाइ छ । अमेरिकाले स्थल आक्रमण वा हेलिकप्टरमार्फत छापा मार्ने सम्भावनालाई समेत उनले अस्वीकार गरे।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ५९ बजे

भारतीय कन्टेनरको फल्स बटममा लुकाइएको ४४३ किलो गाँजासहित दुई जना पक्राउ

चितवन– चितवनमा भारतीय कन्टेनरमा लुकाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको

एनपीएल उपाधिका लागि शनिबार लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार