चितवन– चितवनमा भारतीय कन्टेनरमा लुकाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा बिहीबार बिहान प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहान करिब ९ बजे हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गरेको थियो ।
जाँचका क्रममा कन्टेनरको चालक सिटपछाडि रहेको क्याबिनमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथि बरामद गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया