साउदी पुरानै लयमा, सबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन  « Khabarhub

साउदी पुरानै लयमा, सबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन 


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-नेपालीहरूको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरब कोरोना संक्रमण कम हुँदै गएपछि पुरानै लयमा फर्किएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशका सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन भएको जनाएको छ । जहाँ यात्रुहरूको कोरोना खोप (भ्याक्सिन)को रेकर्ड एउटा एपमार्फत जाँच गरिनेछ ।

साथै कोरोना संक्रमण अवधिमा रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि यात्रुले चाहे बमोजिम बिना कुनै अतिरिक्त शुल्कमा समय परिवर्तन गर्न सक्ने अर्को सर्कुलर जारी गरेको जनाएको छ ।

यसैगरी, पूर्ण खोप (भ्याक्सिन) लगाएकाहरूले बाहिर मास्क लगाउने र सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ ।

पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा शारीरिक दूरी नराखी पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

तर भित्र ठाउँहरुमा रहँदा मास्क तथा सामाजिक दूरी लगायतका सावधानी अपनाउनै पर्ने र कानुन उलङ्घन गरे जरिवाना हुने नियम यथावत रहेको जनाइएको छ । साउदी सरकारको यो निर्णयसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई पनि राहत मिलेको छ ।

अब बिना मास्क बाहिर हिड्डुल गर्न पाउने भएका छन् । साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत वर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।

त्यति गर्दा पनि संक्रमण कम नभएपछि कर्फ्यु लगाएर सार्वजनिक जीवनका सबै गतिविधिहरू बन्द गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवाहरू बन्द गरेको थियो । साउदी अरबमा करिब चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : २६ बजे

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायतीमन्त्री मल्होत्रा

काठमाडौं– नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’