बैतडीका युवकको मलेसियामा मृत्यु | Khabarhub Khabarhub

बैतडीका युवकको मलेसियामा मृत्यु


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी-बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।

बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए ।

पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ५६ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४