पानीले खर कुहिएपछि किसान मर्कामा « Khabarhub

पानीले खर कुहिएपछि किसान मर्कामा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ ।

आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो । वर्षाका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका ४ जोगेनीका हरिना महराले बताइन् ।

१५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउँदै बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशु चौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानीय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानी परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरू अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउँदै फिँजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : १५ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको