भीमदत्त राजमार्ग अवरुद्ध « Khabarhub

भीमदत्त राजमार्ग अवरुद्ध


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- गएरातिदेखिको लगातारको वर्षाका कारण डोटीको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् ।

राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ ।

जिल्लामा दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले विपद् आउन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, ‘भारी वर्षाले नदीमा पानीको बहाव बढेको छ, दुर्घटना हुनसक्ने भएकाले सबैलाइ सचेत रहन आग्रह गरेका छौँ ।’

 मौसम पूर्वानुमान महाशाखाले पनि सेती नदीमा पानीको सतह बढ्न गई बाढी आउनसक्ने जनाएकाले सतर्क रहन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त शाखाले जनाएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचनासमेत जारी गरेको प्रजिअ विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ११ : ५७ बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको