जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो « Khabarhub

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ ।

दोस्रो कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार आइरहँदा जिल्ला अस्पताल गाईघाटमा भने झण्डै १५ महिनाअघि जडान भएका भेन्टिलेटर त्यत्तिकै थन्किएर बसेका छन् ।

पहिलो कोभिडकालको सुरूमा ५ वैशाख २०७७ मा स्थानीय नुरी मस्जिदमा भारतीय जमातीसहित १६ संक्रमित फेलापरेपछि उदयपुर नेपालकै ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको थियो । त्यसको महिना दिनभित्रै ३२ संक्रमित भेटिएपछि देशभरीकै प्रमुख संक्रमणस्थलमा बन्न पुगेपछि उदयपुरमा त्यसबेला नै कोभिड अस्पताल र भेन्टिलेटर राख्ने योजना अघि सारिएको थियो ।

प्रदेशबाट प्राप्त एक करोड रुपैयाँबाट जडान गरिएका भेन्टिलेटर एनेथेसिया (लट्याउने) डा.अभावमा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलले बताउँछन ।

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरू अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल भनाइ छ । भेन्टिलेटरमा जडान गरिएको बेडहरू रिमोटबाट सञ्चालन हुने अत्याधुनिक छन् । कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था सम्भव भएनन् ।

जनशक्ति अभावमा सेवा सुचारु हुन नसकेको अस्पताल प्रशासन बताउँछन् । एक करोड लगानीमा १५ महिनाअघि जडान गरिए पनि जनशक्ति अभावमा त्यत्तिकै थन्क्याएर राख्नु परेको छ । गम्भीर खाले कोभिड संक्रमितको उपचारलाई लक्षित गरी स्थापित भेन्टिलेटरको अब काम आउने सम्भावना भए पनि जनशक्तिले भने जुटाउनै नसकिएको डा.मण्डले जानकारी दिए ।

कोभिड भेरियन्ट बढेका बेला भेन्टिलेटर तत्काल सुचारु गर्न डिसीसीएमसी र अस्पताल विकास समितिले पहल थालेको थियो । तर, जनशक्ति पाउने सम्भावना नभएको जिल्ला कोभिड व्यवस्थापन समितिले बतायो । आवश्यक एनेथेस्सिया कन्सल्टेन्ट खोज्न डिसीसीएमसी बैठकमा कुरा उठेपछि बैठक स्थलबाटै प्रदेश सरकारलाइ सम्पर्क गर्दा मान्छे नपाइने जवाफ आएको थियो ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष खड्गबहादुर परियारले पनि जनशक्ति जुटाउन नसकिएकाले भेन्टिलेटर सुचारु गर्न कठिनाइ भएको बताए । कोभिडको बिरामीलाई लक्षित गरी भेन्टिलेटर सञ्चालन गर्ने प्रयास बारम्बार भएको थियो ।

सकेसम्म कन्सल्टेन्ट डा.को खोजी गर्ने नपाइए अस्पतालकै स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर काम चलाएर सेवा दिलाउन प्रदेश स्वास्थ्य निर्देशनालयसँग छलफल गरियो । तर, पनि सम्भव नभएको अध्यक्ष परियारले बताए । अस्पतालमा भएको दुई भेन्टिलेटर सञ्चालनमा ल्याउन सके जटिल प्रकारको बिरामीको जिल्लामै उपचार पाउन सक्ने थिए । त्यसप्रति गम्भीर भएर भेन्टिलेटर सुचारु गराउन स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : २४ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक