‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर « Khabarhub

‘स्क्विड गेम’ले एक महिनामै कमायो ९ सय मिलियन डलर


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(एबीपी लाइभ)– नेटफ्लिक्सको सिरिज ‘स्क्विड गेम’ले कमाईको सबै रेकर्ड तोडेको छ । सिरिजले ओटीटी प्लेटफर्मममा सर्वाधिक हेरिने सिरिजको मात्र रेकर्ड बनाएको छैन, यसले पछिल्लाे एक महिनामा जबरदस्त कमाईको रेकर्ड पनि राखेको छ ।

ब्लूमबर्गको इन्टरनल रिपोर्ट अनुसार सिरिजले एक महिनामा ९ सय मिलियन डलरको कमाई गरेको छ । जबकी यसको निर्माणमा २१ दशमलब ४ मिलियन डलरमात्र खर्च भएको थियो । यो लगानी अन्य ठूला सिरिजको तुलनामा निकै कम हो ।

साउथ कोरियन सिरिज ‘स्क्विड गेम’लाई विश्वभरबाट नै राम्रो प्रतिक्रिया आइरहेको छ । यसलाई ह्वांग डोंग–ह्युकले निर्देशन गरेका हुन् । यो शो नेटफ्लिक्समा हालसम्म सबैभन्दा बढी हेरिएको शो बनेको छ । एक महिनामा यो शोलाई १ सय ३२ मिलियन दर्शकले कमसेकम २ मिनेटसम्म हेरेका छन ।

यो वेब सिरिज सेप्टेम्बर १०, २०२१ मा सार्वजनिक भएको थियो । यसअघि ‘ब्रिजर्टन’ले शोमा रेकर्ड राखेको थियो । जुन रिलिजको २८ दिनमै करिब ८२ मिलियन दर्शकले हेरेका थिए ।

‘स्क्विड गेम’को नौ एपिसोड छ । यो सिरिजको कथा ऋणमा डुबेको पात्रमा आधारित छ । यो सिरिजमा ४ सय ५६ मानिसलाई देखाइएको छ । जो ऋणको जालमा नराम्ररी फँसेका हुन्छन् ।

यी व्यक्तिलाई पैसाको लोभ देखाएर एक खेलमा सहभागी हुन प्रस्ताव गरिन्छ । त्यसपछि उनीहरु कोरियाई गेममा सहभागी हुन्छन् । यो खेल कोरियन बच्चाहरुको खेलमा आधारित हुन्छ ।

यो खेलमा एकपछि अर्को गर्दै सबै मानिस मारिदै जान्छन् । अन्त्यमा बाँच्ने मानिस यसको विजेता बन्छन् । जसलाई पुरस्कारको रुपमा ३८ दशमलब ७ मिलियन डलर पुरस्कारस्वरुप दिइन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ५५ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको