तालिवानको प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी « Khabarhub

तालिवानको प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् ।

तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन् । आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ । ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ । तर, तालिवानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन ।

तालिवानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन् । पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ, तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन् ।

१८ सेप्टेम्बरमा तालिवानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो । तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन । जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्न बाध्य छन् ।

दुई साताअघि तालिवानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे । तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो । तालिवानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन । उनीहरुलाई छुट्टै पोसाक लगाउन बाध्य पारिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : २२ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी