दशैँपछि खानपानमा ध्यान दिनुपर्ने कुरा « Khabarhub

दशैँपछि खानपानमा ध्यान दिनुपर्ने कुरा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँमा एक पटक पकाएको मासु तथा अन्य परिकार दशैँभर खाने चलन पनि छ । यस्ता खानपानले हाम्रा स्वास्थ्य असर गर्छ । दशैँमा हामी जसरी खानपानमा केन्द्रित हुन्छौं, त्यति आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक हुन्छ ।

दशैँमा बढि मात्रामा, एकै पटक एकै खाले मासुजन्य परिकार खादाँ बिभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यसबाट बच्न समयमै कम खाने, समय अन्तरमा खाने गर्नु पर्दछ । तर दशैँमा खानपानमा नियन्त्रण हुन सक्दैन र मानिस बिभिन्न स्वास्थ्य समस्या झेल्न बाध्य हुन्छन् ।

बासी नखाने
बासी खानु त्यसै पनि राम्रो होइन । तर मासुको हकमा भने प्रोटिन तत्व आगोले नष्ट नगर्ने, बासी हुँदा पनि नजाने हुँदा एक दुई दिनसम्म सुरक्षित प्रयोग गर्न सकिन्छ । तर धेरै बासी खानु राम्रो होइन । गनाउने, किटाणुहरु पनि आइसकेको मासु खाँदा स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसैले दशैँमा थोरै थोरै सधैँ पकाएर खाँदा स्वास्थ्यलाई कुनै पनि असर गर्दैन ।

फ्रिजका सामानको प्रयोग
दशैँमा धेरै मानिसले गर्ने अर्को गल्ती हो, फ्रिजका राखेको खानेकुरा प्रयोग । फ्रिजमा राखेर लामो समयसम्म खानेकुरा खानु ठीक हुदैँन । फ्रिजमा धेरै दिन राखेको खानेकुरालाई स्वास्थकर हुदैँन ।

दूग्धजन्य पदार्थहरु छिट्टै बिग्रिने हुँदा फ्रिज प्रयोग गर्नु नै पर्छ । अरु खानेकुरा पनि एक दुई दिनसम्म फ्रिजमा राख्न सकिन्छ । तर छोपेर राख्नुपर्ने हुन्छ । तातो, अमिलो, पिरो, तेलयुक्त पदार्थ प्लास्टिकको सामानमा प्रयोग नगर्दा राम्रो हुन्छ ।

यस्तै चाडै सड्ने खाना कागजमा बेरेर फ्रिजमा राख्न सकिन्छ । फर्सी, इस्कुस, घिरौँला जस्ता सागसब्जी बाहिर राख्दा पनि कुहिँदैन । तेलले खानालाई सुरक्षित राख्ने काम गर्छ, त्यसैले तेल भएका खानेकुरा फ्रिजमा नराख्दा हुन्छ । पुराना अचार पनि फ्रिजमा नराख्दा हुन्छ ।

बोसोको प्रयोग
दशैँ खानपानको मुख्य पर्व भएकाले यो समय खानपानलाई महत्वका साथ हेरिन्छ । दशैँमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वास्थ्यलाई फाइदा गर्दैन । बोसो निकालेर रातो मासु बनाएको भन्दा पनि बोसो नै नभएको मासु राम्रो हुन्छ ।

अर्को प्रशोधन नगरेको ताजा मासु खानु राम्रो हुन्छ । अहिले धेरै बोसोजन्य मासु पाइने हुँदा हानिकारक भनिएको हो । यस्तो मासुमा प्रोटिनको मात्रा कम हुन्छ । बोसोको मात्रा धेरै हुन्छ । हामीले सेवन गर्ने मासुमा जम्ने बोसो धेरै मात्रामा पाइन्छ । अनि कडा किसिमको बोसो भएको मासु खाने हाम्रो दैनिक जीवनयापन हिँडडुल नगर्ने, धेरै सवारी साधनमा प्रयोग गर्दा पनि रातो मासु हानिकरक हुन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ४१ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व