आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा « Khabarhub

आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान हाल मुम्बईस्थित आर्थर रोडको जेलमा बसिरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासत समयावधि सकिएपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । आर्यनको जमानतको आदेश अक्टोबर २० का लागि सुरक्षित गरिएको छ ।

समाचारअनुसार जेल अधिकारीहरुले आर्यन खानको सुरक्षा बढाएका छन् । उनलाई विशेष ब्यारेकमा लगिएको छ र जेल अधिकारीहरुले उनीमाथिको निगरानी बढाएका छन् । आर्यनले अहिले लागुऔषध मामलाका अन्य आरोपीहरुसँग कुराकानी र भेटघाट गरेका छैनन् ।

आर्यनले जेलको खाना खान रुचाएका छैनन । सुरुवाती केही दिन उनले बिष्कुटमात्र खाएका थिए । पिउनका लागि उनीसँग केही बोटल मात्रै मिनरल वाटर बाँकी छ । जेलको फोहोर ट्वाइलेट जानुपर्ने बाध्यताले पनि आर्यनले केही खानेकुरा नखाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार आर्यनका आमाबुवाले उनलाई क्यान्टिन खर्चका लागि ४५ सय रुपैंयाँको मनी अर्डर पठाएका थिए । अहिले उनलाई घरेलु भोजन खानका लागि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ०४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति