बाढीले डाइभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध « Khabarhub

बाढीले डाइभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो ।

आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए ।

लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ । पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ०५ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली