गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापियो, नतिजा आउन समय लाग्ने « Khabarhub

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापियो, नतिजा आउन समय लाग्ने


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो ।

डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताए । ‘गोसाईकुण्ड र भैरबकुण्डको सबै कुना, मध्य भागमा ट्रान्जेक्ट राखेर, कुण्डको सबै क्षेत्र कभर गर्ने गरी नापेका छौं, उनले भने, ‘डुंगा चलाएर गहिराई नापेका छौँ ।’

नयाँ प्रविधि ‘डेप्थ साउन्डर’ मेसिनको प्रयोग गरि गहिराई नापेको उनले बताए । ‘यो मेसिनले अल्फा फोनिक साउन्ड निकाल्छ । यो मानिसले सुन्न सक्दैन्, त्यो साउन्ड पानीको सतह छुवाइदिएपछि साउन्ड पानीभित्र फाल्छ, जमिनमा ठोक्किएपछि फिर्ता पठाउँछ, हामीले प्रयोग गरेको एडभान्स टेक्नोलोजी हो,’ उनले भने ।

गोसाइँकुण्डमा ७२ स्थानबाट र भैरबकुण्डमा ७० स्थानबाट गहिराई नापेको उनको बताए । कुण्डको गहिराई नापे पनि यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए ।

‘अहिले हामीसँग ‘र’ डाटा छ, तर त्यो चाहीँ हामीले जिआइएसमा राखेर प्रोफेस गर्नुपर्छ, यो डाटा प्रोफेस गरेपछि मात्र त्यसको गहिराई कति भन्ने आउँछ,’ उनले भने, ‘प्रोफेस नगरेसम्म ‘र’ डाटाको आधारमा भन्न सकेनौ,’ उनले भने, दसैं सकिए लगत्तै डाटा प्रोफेस सुरु गर्छौ ।’ डिसेम्बरभित्र एकेडेमीलाई प्रतिवेदन बुझाउनु पर्ने उनले बताए । एक महिनाभित्रै फाइनल प्रतिवेदन तयार पार्ने उनको भनाइ छ ।

कुण्डको पानीमा क्षारको मात्रा बढी

कुण्डको गहिराईको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि परीक्षण गरेको छ । गोसाइँकुण्डको पानीको मुहान त्रिशुलधाराबाट आएको ठाउँ, माथिको कुण्ड तथा तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरतर्फको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर पनि नापेको न्यौपानेले बताए ।

गोसाइँकुण्ड र भैरबकुण्डको पानीमा क्षारको मात्रा बढी पाएको उनले बताए । ‘हामीले पानीको नमुना लिएर परीक्षण गरेका थियौ, परीक्षणमा क्षारको मात्रा बढी रहेको पायांै, त्यहाँको पानी सबै अल्कालाइन नै छ, अम्लिय छैन्’ उनले भने, ‘तर मानिसहरूले नुहाउनुहुन्छ, कतिपयले नुहाउँदा प्रयोग गरेका कपडा त्यहि छोड्नुहुँदो रहेछ, नुहाउँदा कसैकसैले स्याम्पु, साबुन, प्रयोग गर्नुहुँदो रहेछ, त्यो कारणले अलि बढी क्षारको मात्रा छ, त्यही पानी बगेर भैरबकुण्डमा जाने भएकाले भैरबकुण्डमा पनि क्षारको मात्रा रहेको पाइएको छ ।’

यस्तै, उनले गोसाईकुण्डमा फोहोर व्यवस्थापनमा पनि जोड दिएका छन् । गोसाइँकुण्डबाट सदरमुकाम धुन्चे नजिकै रहेको घट्टे खोलामा साना ठुला गरि २१ वटा तालको पानी आउने गरेको उनले बताए । ‘हामीले यसपटक क्याफमेन्ट लेबलको अध्ययन गर्न खोजेको हो, घट्टेखोलामा पानी आउने सबै तालको अध्ययन गर्न खोजेको हो, त्यसमध्ये दुईवटा ठुला तालको विस्तृत अध्ययन गरेको हो,’ उनले भने । टोलीले गोसाइँकुण्डभन्दा माथिका अन्य १६ वटा कुण्डको जिपिएस लोकेसन पनि लिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : ४५ बजे

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर