मुसीकोटमा बस्ती स्थानान्तरण सुरु « Khabarhub

मुसीकोटमा बस्ती स्थानान्तरण सुरु


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ ।

मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो ।

भौगोलिक रुपमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्ने उद्देश्य रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । बस्ती एकीकृत हुँदा पुर्वाधारको सुविधा, आय–आर्जजमार्फत गरिबी निवारण, स्वास्थ्य, शिक्षाको पहुँच सँगै रोजगारी सृजना गर्न सकिने सापकोटाको भनाइ छ ।

पहाडी जिल्लाहरूमा धेरै बस्ती छरिएर रहेकाले विकास पुर्वाधारका संरचनामा ठुलो बजेट खर्च हुने गरेको छ । जसका कारण आर्थिक सामाजिक विकासमा पछाडी पर्दै आएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै बस्ती स्थान्तरणलाई जोड दिएको नगरप्रमुख सापकोटाले बताए ।

मुसीकोट नगरपालिका–५ आँपचौरको हात्तीगौडा भौगोलिक रुपमा अति विकट छ । यो ठाउँ चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको बिचमा पर्छ । यहाँ १२ घर विपन्न दलित परिवार बसोबास गर्दै आएका छन् ।

उनीहरूको लागि हात्तीगौडा बास बस्ने स्थान मात्रै थियो । विद्यालय, स्वास्थ्य संस्था र यातायातको पहुँच थिएन । काम गर्न विहान गाउँ छोडेपछि साँझ मात्रै फर्किन्छन् । ‘पुर्खा नै हात्तीगौडा बसे । हाम्रो पनि गाउँ छोडेर बसाई सर्ने उपाय भएन,’ मुसिकोट नगरपालिका–५ हात्तीगौडाका प्रकाश सामतले भने,‘ नगरले ठुलो गुन लगाएको छ ।’

अहिले मुसीकोट नगरपालिका–५ आँपचौरको देउरालीमा घर निर्माण भइरहेको छ । दसैंसम्म १२ घर परिवारनै नयाँ घरमा बस्ने योजनामा थिए । तर लामो समयसम्म पानी परेकाले समयमै काम सम्पन्न भएन ।’ अहिले ६ घर निर्माण भइरहेका छन् । ती मध्ये दुई परिवारले पुरै काम सकेको मुसिकोट नगरपालिका–५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । उनले स्थानीय तहको निर्वाचनमा बोलेका मध्येका बस्ती स्थानान्तरणको काम पनि पुरा गर्न सकेकोमा खुसी व्यक्त गरे ।

नगरले प्रति रोपनी डेढ लाखका दरले स्थानीयको जग्गा खरिद गरेको छ । घरगोठ, शौचालय र सानो करेसाबारी समेत हरेक परिवारलाई डेढदेखि दुई रोपनी जग्गा प्रदान गरेको छ । नगरपालिकाले नै घर छाउनको लागि जस्तापाता उपलब्ध गराएको छ भने काठ र ढुंगा बोक्न ट्याक्टर दिएको खरेलले जानकारी दिए ।

मुसीकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार र कृषि पर्यटनमा उल्लेख्नीय काम गरिरहेको छ । साना भन्दा दीर्घकालिन र ठुला प्रभाव पार्ने योजनाहरू नगरभित्र सन्चालनमा छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ०० बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित