अविरल वर्षाले कृषि वालीमा क्षति, बिहीबारबाट मात्रै मौसममा सुधार « Khabarhub

अविरल वर्षाले कृषि वालीमा क्षति, बिहीबारबाट मात्रै मौसममा सुधार


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आइतबार रातिदेखिको अविरल वर्षाका कारण कैलालीका किसानले ठूलो क्षति बेहोर्नु परेको छ । भित्र्याउने तयारी स्वरुप काटेको धानबाली डुबेको छ, भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहनबाली समेत नष्ट भएको छ ।

कैलालीका अधिकांस क्षेत्रमा यो सयम हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो साग भखर्रै रोपेको हुँदा वर्षाले सबै नष्ट भएको छ । ‘चार कठ्ठा जमीनमा आलु गगाएको चार दिन मात्रै भयो,’ धनगढी उप–महानगरपालिका–३ का मुसेव खानले भने, ‘यस्तै २–३ कठ्ठा जमिनमा अरु तरकारी लगाएको थिए, वर्षाले सबै नष्ट भयो ।’

कैलालीको गौरीगंगा नगरपालिका–२ का किसान भीम साउँदले पनि वर्षाका कारण हिउँदका लागि लगाएको तरकारी वाली नष्ट भएको बताए । ‘खेतमा लाही छरेको दुई दिन मात्रै भयो,’ उनले भने, ‘आलु पनि लगाएको थिएँ, सबै बिग्रियो ।’

आइतबारदेखिको वर्षाले कञ्चनपुरमा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्र्याउन नपाउँदै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् । वर्षाले कैलालीमा मात्रै सयौँ बिघा जमीनको धानखेती डुबेको छ । धानसँगै केरालगायतका अन्य बालीसमेत नष्ट भएको किसानहरूले दुखेसो गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका राजकुमार चौधरीका अनुसार भखर्रै काटेको अढाई बिगाह जमिनको धान भिजेर नष्ट भएको छ । ‘यति ठूलो वर्षा हुन्छ भनेर कसले सोच्नु ?’ उनले भने, ।

तटीय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह

आइतबार रातिदेखि अविरल वर्षा भएपछि तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेका कारण खोला नालाका पानीको बहाब बढ्न सक्ने प्रहरीको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म निरन्तर बर्षा हुने अनुमान छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरका अनुसार सुदूरपशिचममा अहिले बंगालको खाडीबाट उत्पन्न न्यून चापीय मनसुनी वायु र पश्चिमी वायु सक्रिय छ । जसका कारण प्रदेशभर वर्षा भइरहेको छ ।

यो प्रणाली आगामी तीन दिनसम्म सक्रिय रहने उनको भनाइ छ । ‘बिहीबारदेखि मौसममा सुधार आउने अनुमान छ,’ उनले भनिन्, ‘बुधबारसम्म सुदूरपश्चिमका सबै जिल्लामा वर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुन सक्ने छ ।’ न्यूज कारखाना

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ५ : ५० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको