एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : झाँक्री « Khabarhub

एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : झाँक्री


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् ।

उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर र जिम्मेवारी दिएका कारण नयाँ पार्टीको आवश्यकता परेको बताइन् । जहिले पनि पार्टी सिद्धान्त र पद्धतिको कुरा गरिरहेकाले आफूहरूलाई केपी ओलीले दुश्मन ठानेको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृत्व र अवसरका लागि आफ्नो पार्टीमा व्यक्ति पूजा र झोला बोक्नु नपर्ने झाँक्रीले दाबी गरिन् । उनले अझै पनि केपी ओलीबाट पेलिएका केही नेताहरूले बनिबनाउ घरको नाममा ओली पार्टीको दासत्व स्वीकार गर्न खोजे पनि केही फरक नपर्ने पनि बताइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ३० बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ