विदेशिएका पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउने पहल « Khabarhub

विदेशिएका पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउने पहल


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थाङ्कालगायत पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल सुरु गरेको छ ।

विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका सङ्ग्रहालयसँग मिलेर सूचना सङ्कलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका यस्ता सम्पदा फिर्ता गराउन हाल पहल भइरहेको छ ।

गणेशको मूर्ति भारत र नेपाल दुवै देशमा र थाङ्का नेपाल एवं तिब्बत दुवैतिर बन्ने गरेकाले पहिचानमा कठिनाइ हुने गरेको उनले बताए । विदेशस्थित सङ्ग्रहालय, निजी सङ्कलनमा रहेका पुरातात्विक सम्पदामा ‘नेप्लिज कलेक्सन’ भनी रखिएका सामग्री अवैध तरिकाले चोरी, निकासी भएको पाइएपछि स्वदेशमा फिर्ता गराउन लागिएको हो ।

यस्ता सम्पदा नेपाल फर्काउन विभागमा काम गर्ने जनशक्तिको कमी भएका कारण पनि समस्या हुने गरेको छ । विभाग हाल २५ जना जनशक्तिको भरमा चलाउनुपरेको महानिर्देशक गौतमको भनाइ छ । यही जनशक्तिको सम्पदा संरक्षण, पुरातात्विक स्थलको उत्खनन्, विश्व सम्पदा क्षेत्रको संरक्षण, विदेशिएका सम्पदाका विषयमा पनि काम गर्नुपरेको छ । चीनमा विदेशिएका सम्पदा फिर्ता गराउने काम गर्ने तीन ब्युरोसहित ४५० जनाभन्दा बढी कर्मचारीले काम गर्छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ५० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको