बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह « Khabarhub

बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातारको वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आइतबार साँझदेखि सुरु भएको वर्षा अझ दुई दिनसम्म जारी रहने भनिएकाले नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।

तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरूका अधिकारीलाई आआफ्नो क्षेत्रमा सर्तकताका लागि सूचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

बैतडीको महाकाली तटीय क्षेत्रका स्थानीय तहहरूमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेका छन् ।

यसैगरी, जिल्लाको सिगास गाउँपालिकाका केही वडाहरू सेती नदी तटीय क्षेत्रमा रहेका छन् भने डिलाशैनी गाँउपालिकाको केही भूभाग चौलानी नदी तटीय क्षेत्रमा रहेको छ ।

यसैगरी, सूर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाका केही भूभाग सूर्नया नदीको तटीय क्षेत्रमा पर्दछन् ।

नदीहरूको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यद्यपि, अहिलेसम्म नदीको बहाव खतराको सतहसम्म भने पुगेको छैन । तर, अझै तीन दिनसम्म लगातार वर्षा जारी रहने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली