बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह « Khabarhub

बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– लगातारको वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आइतबार साँझदेखि सुरु भएको वर्षा अझ दुई दिनसम्म जारी रहने भनिएकाले नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो ।

तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरूका अधिकारीलाई आआफ्नो क्षेत्रमा सर्तकताका लागि सूचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

बैतडीको महाकाली तटीय क्षेत्रका स्थानीय तहहरूमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेका छन् ।

यसैगरी, जिल्लाको सिगास गाउँपालिकाका केही वडाहरू सेती नदी तटीय क्षेत्रमा रहेका छन् भने डिलाशैनी गाँउपालिकाको केही भूभाग चौलानी नदी तटीय क्षेत्रमा रहेको छ ।

यसैगरी, सूर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाका केही भूभाग सूर्नया नदीको तटीय क्षेत्रमा पर्दछन् ।

नदीहरूको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यद्यपि, अहिलेसम्म नदीको बहाव खतराको सतहसम्म भने पुगेको छैन । तर, अझै तीन दिनसम्म लगातार वर्षा जारी रहने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको