पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए « Khabarhub

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए

७ हजार ७३३ को मृत्यु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिनेमा अमेरिकामा ९८ हजार ९६५, बेलायमा ३८ हजार २६३, रुसमा ३६ हजार ६२६, टर्कीमा २३ हजार ८६७, फ्रान्समा २० हजार २९४ र ब्राजिलमा ११ हजार ९७७ जना छन् ।

यही अवधिमा ४ लाख ६७ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३३ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा एक लाख १५ हजार ७२०, बेलायतमा ४० हजार ५६९, रुसमा ३६ हजार ३८८, टर्कीमा २८ हजार ५४३, ब्राजिलमा १७ हजार ५३३ र फ्रान्समा ६ हजार ४१४ जना कोरोनामुक्त भएका हुन् ।

मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ३०९, रुसमा एक हजार २४७, ब्राजिलमा ३७४, टर्कीमा २२९, बेलायतमा २०१ र फ्रान्समा ५० जना छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २५ करोड ५६ लाख ६८ हजार ६४४ पुगेको छ भने तीमध्ये २३ करोड १० लाख ५७ हजार १३१ जना निको भइसकेका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ लाख ३७ हजार ७७१ पुगको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ३० बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले