पहिलो टी-ट्वान्टी : न्युजिल्याण्डलाई हरायो भारतले « Khabarhub

पहिलो टी-ट्वान्टी : न्युजिल्याण्डलाई हरायो भारतले


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टिम भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

जयपुरमा बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ४८ रन जोडे। त्यसैगरी केएल राहुलले १५ रन जोड्दा श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए ।

त्यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ४० बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र