एमाले महाधिवेशन : प्रचार-प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने | Khabarhub Khabarhub

एमाले महाधिवेशन : प्रचार-प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए । र्‍याली यही मंसिर ७ गते हुने छ ।

महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । वागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।

मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्धार निर्माणमा जोड दिइएको उनले बताए । मुख्यगरी पूर्व–पश्चिम-उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

एमालेले महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताए । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी लगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचार–प्रसारका लागि सञ्चार माध्यमका साथै फेसबुक, टिकटक र ट्वीटर लगायतका सामाजिक सञ्चालको प्रयोग गर्नेछ ।

उनले सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताए। उनले भने, ‘अब कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछन् ।’ अहिले देशमा दुई विचार धार रहेको भन्दै उनले अघिल्ला गल्तिलाई नदोहोर्‍याइ एकता गरिने जनाए । एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी बन्ने उनको भनाइ थियो ।

संयोजक भट्टराईले दर्जनौं देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताए । उनले भने, ‘एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधि आउने निश्चित गरिसकेका छन्, नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।’ भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न सङ्गठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यसपटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गरे ।

प्रचारप्रसार सहयोग समिति गठन

यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १०औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ५० बजे

टर्कीएको होटेलमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

एजेन्सी – उत्तरपश्चिम टर्कीएको एउटा होटेलमा भीषण आगलागी हुँदा ७६

ऐना पुछिरहेको कांग्रेस

उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ –

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ?

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु

निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना (तस्बिरहरु)

काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको