सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु « Khabarhub

सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : २९ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको