कांग्रेस महाअधिवेशन : तेह्रथुमबाट ७३३ क्षेत्रीय प्रतिनिधि « Khabarhub

कांग्रेस महाअधिवेशन : तेह्रथुमबाट ७३३ क्षेत्रीय प्रतिनिधि


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै जाँदा तेह्रथुममा जिल्ला र प्रदेशसभा अधिवेशनका लागि धमाधम उमेरदवारी घोषणा हुन थालेको छ । ६ मंसिरमा हुन जिल्ला अधिवेशनका लागि सभापतिमा अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।

३ मंसिरमा हुने निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा नारायण सुब्बा र कमल बानियाँले उम्देवारी दिएका छन् । प्रदेशसभा (ख) मा भुवानसिंह चोङबाङ र चन्द्र मादेम्बा चुनाव लड्दैछन् ।

प्रदेशसभा (क) अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १ सय ७६, लालिगुराँस नगरपालिकाबाट १ सय ५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४ सय २४ जना क्षेत्रीय प्रतिनिधि छन् । प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट १ सय १८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १ सय ६ गरी ३ सय ९ जना क्षेत्रीय प्रतिनिधि छन् ।

प्रदेशसभा र जिल्ला अधिवेशनमा ७ सय ३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिले निर्वाचन प्रदेश (क) र (ख) मा नेतृत्वमा चयन गर्दै जिल्ला कार्यसमिति चयन गर्ने निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत तेह्रथुमको (क) र (ख) बाट सभापति १,उपसभापति २,सचिव २,खुल्ला महिला ३,खुला पुरुष ७ सदस्य छन् । समानुपातिकतर्फबाट खस महिला १, जनजाति महिला १, खस आर्य खुला १,आदिवासी खुला २,दलित १,मधेसी,अल्पसंख्यक तथा मुस्लिमबाट १ आपाङग १ गरी २५ सदस्य कार्यसमिति नयाँ हुने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : १७ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक