सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित दुई घाइते « Khabarhub

सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित दुई घाइते

बारको धर्ना जारी


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुग्ने प्रयास गर्ने क्रममा वकिल र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ । त्यसक्रममा बारका केन्द्रीय सदस्य प्रकाश महर्जन घाईते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि सामान्य घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ०५ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि