सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित दुई घाइते « Khabarhub

सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित दुई घाइते

बारको धर्ना जारी


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुग्ने प्रयास गर्ने क्रममा वकिल र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ । त्यसक्रममा बारका केन्द्रीय सदस्य प्रकाश महर्जन घाईते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि सामान्य घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ०५ बजे

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष

नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा ठूल्दाइका उपनामले परिचित अभिनेता शिव श्रेष्ठले

पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा