प्रधानमन्त्री देउवाले गरेनन् सम्पत्ति विवरण सार्वजनिक « Khabarhub

प्रधानमन्त्री देउवाले गरेनन् सम्पत्ति विवरण सार्वजनिक


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।

‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाको विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन ।

यसैगरी, प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, महिलामन्त्री उमा रेग्मी, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख छ ।

प्रधानमन्त्री देउवासहित २५ मध्ये आठ जनाले सम्पत्ति विवरण बुझाएको देखिए पनि अन्य १७ जनाले भने अझै विवरण बुझाएको देखिँदैन ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : २५ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय