प्रधानमन्त्री देउवाले गरेनन् सम्पत्ति विवरण सार्वजनिक | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले गरेनन् सम्पत्ति विवरण सार्वजनिक


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् ।

‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आएको सम्पत्ति विवरणमा प्रधानमन्त्री देउवाको विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन ।

यसैगरी, प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, महिलामन्त्री उमा रेग्मी, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख छ ।

प्रधानमन्त्री देउवासहित २५ मध्ये आठ जनाले सम्पत्ति विवरण बुझाएको देखिए पनि अन्य १७ जनाले भने अझै विवरण बुझाएको देखिँदैन ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : २५ बजे

जेनजी आन्दोलनमा तोडफोड र आगजनी थप सात जना पक्राउ

काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप

प्रधानमन्त्रीलाई बालेनले दिदी भन्छन्, बिहानै मात्र पनि गरेका थिए फोन

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अहिले पूर्वप्रधानन्यायाधीश

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

धरान – लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

विचलित नभई आर्थिक क्रियाकलाप सञ्चालन गर्न व्यवसायीलाई पूर्वअर्थमन्त्री फोरमको आह्वान

काठमाडौं – पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई विचलित नभई आर्थिकलगायतका