भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्ने ! | Khabarhub Khabarhub

भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्ने !


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसीले पाकिस्तानलाई सन् २०२५ को च्याम्पियन्स ट्रफी प्रतियोगिता आयोजना गर्न दिने निर्णय गरेको छ। आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगितालाई ‘मिनी वर्ल्ड कप’ भनिन्छ।

पछिल्लो पटक सन् २०१७ को च्याम्पियन्स ट्रफी प्रतियोगिताको फाइनलमा भारतलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो। अब सोही उपाधि जोगाउन पाकिस्तानले आईसीसीबाट यो प्रतियोगिताको आयोजकत्व पाएको छ।

पाकिस्तान सुरक्षाका हिसाबले जोखिमपूर्ण देश हो। यहाँ आतंकवादी घटना निरन्तर घटिरहन्छन्। पाकिस्तानमा ३ मार्च २००९ मा लाहोरको गद्दाफी स्टेडियम नजिकै श्रीलंकाली क्रिकेट टोलीको बसमा भएको आतङ्ककारी हमलामा श्रीलंकाका खेलाडीहरू घाइते भएका थिए।

गद्दाफी स्टेडियममा जारी दोस्रो टेस्ट म्याचको तेस्रो दिनको खेल सुरु हुनुअघि स्टेडियमतर्फ जाँदै गरेको श्रीलंकाली टोलीको बसमा आतङ्ककारीहरूले अचानक आक्रमण गरेका थिए।

सो आतंकवादी हमलामा टोलीका कप्तान महेला जयवर्धने, उपकप्तान कुमार संगकारा र स्पिनर अजन्था मेन्डिससहित पाँच क्रिकेटर घाइते भएका थिए। थिलन समरवीरा र थरंगा पारवित्राना गम्भीर घाइते भएका थिए।

आतंककारीहरूले रकेट लन्चरले बसमा आक्रमण पनि गरेका थिए। तर, खेलाडीको भाग्यले साथ दियो र आतंककारीहरू लक्ष्यबाट चुके। यो हमलापछि विश्वभरका देशले क्रिकेट खेल्न पाकिस्तान जान छाडेका थिए। तर, सन् २०१९ मा श्रीलंकाले पाकिस्तान भ्रमण गरेपछि पुनः पाकिस्तानमा अन्तर्राष्ट्रिय खेल सुरु भएका छन्।

हालै न्युजिल्यान्डले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा क्रिकेट सिरिज खेल्न अस्वीकार गरेको थियो। अब सबैभन्दा ठूलो प्रश्न बीसीसीआईले सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा क्रिकेट खेल्न भारतीय टोली पठाउने हो कि होइन भन्ने हो।

आईसीसीले सन् २०२५ को च्याम्पियन्स ट्रफी आयोजना गर्ने अधिकार पाकिस्तानलाई दिएपछि भारतीय खेलकुदमन्त्री अनुराग ठाकुरले सरकारले त्यसबेला पाकिस्तानको सुरक्षा अवस्थाको अनुगमन गर्ने बताए। च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने वा नजाने भन्ने प्रश्नमा खेलकुदमन्त्री ठाकुरले यस विषयमा गृह मन्त्रालयको निर्णयमा संलग्न हुने बताए।

‘जब त्यस्ता विश्वव्यापी प्रतियोगिताहरू हुन्छन्, त्यहाँ धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ। विगतमा पनिे धेरै देश पाकिस्तान गएर खेलेर आइसकेका छन्। त्यहाँको अवस्था सामान्य छैन,’ मन्त्री ठाकुरले भने, ‘त्यहाँ सुरक्षा मुख्य चुनौती हो। विगतमा खेलाडीमाथि आक्रमण भएका छन्। जुन चिन्ताको विषय हो।’

उनले समय आएपछि सरकारले परिस्थिति हेरेर निर्णय गर्ने बताए। यसैबीच, बीसीसीआईका एक अधिकारीले यस विषयमा केही भन्न हतार नभएको बताए। ‘अहिले टिप्पणी गर्न धेरै हतार छैन्। सन् २०२५ आउन बाँकी छ। सरकारले जे भन्छ,त्यही अनुसार गर्छौं,’ उनले भने।

च्याम्पियन्स ट्रफी सन् १९९६ आईसीसी एकदिवसीय विश्वकपपछि पाकिस्तानमा आयोजना हुने पहिलो आईसीसी प्रतियोगिता हो। भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण सन् २०१२ यता कुनै पनि द्विपक्षीय क्रिकेट शृंखला खेलिएको छैन।

भारतले सन् २००५-०६ यता पाकिस्तानको भ्रमण गरेको छैन। पाकिस्तानले पछिल्लो पटक २०१२ मा एकदिवसीय र टी-२० सिरिजका लागि भारत भ्रमण गरेको थियो।

२०२३ को एसिया कप पनि पाकिस्तानमा

२०२५ को च्याम्पियन्स ट्रफी मात्र होइन, २०२३ मा एसिया कप पनि पाकिस्तानमा आयोजना हुनेछ। फेरि आयोजक पाकिस्तानको हातमा छ। र, आईसीसी जस्तै भारतीय टोलीले पनि एसियाली क्रिकेट काउन्सिलको यस प्रतियोगितामा पाकिस्तानसँग खेल्ने छ।

२०२३ मा पनि टीम भारतले पाकिस्तानसँग खेल्नुपर्नेछ। हालसम्म भारतीय टोलीका कुनै सदस्यले पाकिस्तान भ्रमण गरेका छैनन्। च्याम्पियन्स ट्रफी पाकिस्तानलाई दिएपछि अन्तिम भारतले त्यो प्रतियोगितामा कसरी भाग लिने भन्ने प्रश्न उठिरहेको छ। दुई देशबीचको क्रिकेट सम्बन्धमा सुधार आउने सम्भावना छ ? तर, पाकिस्तानको यात्रामा हिचकिचाहट भए खेल यूएईमा आयोजना गर्ने सम्भावना छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : ५१ बजे

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित

किन गरिन्छ शिवलिंगको पूजा ?

काठमाडौं– हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्त्व छ । शिवलिंग

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ – पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका