नोकिया ६३१० बजारमा « Khabarhub

नोकिया ६३१० बजारमा


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधुनिक समयको आवश्यकता र नोस्टाल्जियाको मिश्रण नोकिया ६३१० बजारमा आएको छ ।

ओरिजनल्स परिवारको यो सबैभन्दा नयाँ सदस्यले प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू उपलब्ध गराउँदछ।

यसमा पुनः डिजाइन गरिएको कभ्र्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध रहेको छ जसले तपाईंलाई थप स्पष्टताका साथ हेर्न मद्दत गर्दछ ।

यसमा रहेको अल न्यू जुम इन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउँछ ।

पोली कार्बोनेट शेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनलाई प्रयोग गर्नको लागि पर्याप्त बलियो बनाएको छ ।

इस्पो, फिनल्याण्ड ३० कार्तिक २०७८ – एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले ब्रान्ड–न्यू नोकिया ६३१० को घोषणा गरेको छ। यस उपकरणले २.८ इन्च स्क्रिनको साथ नोकिया ६३१० को ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गर्दछ जसमा एक्सेसिबिलिटीको सुविधाहरू , लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको छ। नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको छ।

प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रबि कुँवरले भने, “नोकिया ६३१० एक पुनः कल्पना गरिएको फीचर फोन हो र सबै नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको छ।

हाम्रा फिचर फोनहरूले जीवनमा खेल्ने भूमिकाहरुलाई धेरै महत्व दिन्छ। त्यसैले फिचर फोन तपाईंको गो–टु उपकरण होस्, चाडपर्वको लागि आवश्यकता होस् वा जस्ट–इन केस ह्यान्डसेट होस्, नोकिया ६३१० ले तपाईंलाई हरेक बेला सहयात्रीको रुपमा मद्दत गर्दछ।”

क्लासिक सुविधाहरू
नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ जसले स्क्रिन टाइमलाई पहिले भन्दा धेरै सहज र रमाइलो बनाउँछ। ठूला पुश बटनहरू र एम्पल डिस्प्लेको साथ, तपाईंले मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सक्नुहुन्छ।

नोकिया ६३१० को साथ तपाईंले आफ्नो मनपर्ने न्यूजको च्यानलहरू, खेलकुदहरु वा संगीत स्टेशनहरू भरपर्दो कनेक्टिभिटीको साथ सुन्न सक्नुहुन्छ वा पहिलेको प्रसिद्ध स्नेक गेम पनि खेल्न सक्नुहुन्छ! यो ह्यान्डसेटले तपाइँलाई चाहे साथीहरूसँग भेट्दै गर्नुभएको बेला वा काममा लामो दिन पछि आराम गरिरहनु भएको बेलामा तपाइँको डाउनटाइमको अधिकतम सदुपयोग गर्न मद्दत गर्दछ।

उन्नत जूम इन मेनु र ठूला फन्टहरुको विकल्पहरूको साथ, नोकिया ६३१० ले तपाईँको आँखा गाँडेर पढ्न पर्ने दिनहरुको अन्त्य गर्दछ। यो मौलिक शैलीको नोकिया फोन एक्सेसिबिलिटी मोडको साथ अझ सुविधाजनक भएको छ ।

यो कार्यक्षमताले स्वचालित रूपमा तपाइँको उपकरणको दृश्यलाई एक पटकमा एउटा आइकनमा कन्फिगर गर्न सक्छ, सुधारिएको पठनीयताको लागि ठूलो फन्टहरु प्रस्तुत गर्न सक्दछ र यसको अधिकतम भोल्युमको साथ तपाइँले कहिल्यै पनि आफ्नो महत्वपूर्ण कल छुटाउन पर्ने छैन।

नोकिया ६३१० को सहज सेटअपको ह्यान्डसेटले तपाईको लागि सबै कडा परिश्रम गर्दछ र यसलाई प्रयोग गर्न पनि निकै सजिलो छ।

नोकिया ६३१० को हप्ता दिन सम्म टिक्ने ब्याट्री लाइफको क्षमता रहेको छ। त्यसैले तपाईं अब आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन सक्नुहुन्छ र तपाईंले चार्जर कहाँ छोड्नुभयो भन्ने चिन्ता नगरिकन समय बिताउन सक्नुहुन्छ। यसको लामो समयसम्म चल्ने ब्याट्रीको साथ, नोकिया ६३१०को कोरमा निर्भरता रहेको छ।

यो उपयोगी फिचर फोन स्टाइलिश र आधुनिक मेटालिक एक्सेन्टहरूको साथ आउँछ र उपकरणको रेट्रो इतिहासलाई ध्यानमा राख्दै, यो गहिरो गाढा हरियो र डेरिंग पहेंलो रंगका ताजा र बोल्ड रङको भेरियन्टहरूमा उपलब्ध रहेको छ।

राम्रो अनुभवको लागि पुनः डिजाइन र रिफ्रेस्ड गरिएको, नोकिया ६३१० लामो समय सम्म टिक्नको लागि बनाइएको छ। ड्युराबिलिटीको साथ, यो फोनमा कडा पोली कार्बोनेटको शेल रहेको छ जुन दैनिक जीवनमा आउन सक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको छ।

नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ । जसको मूल्य नेपाली ६ हजार २९९ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  २ : ४१ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल