पहिरोले बगाएको बाटो खुलाउन गृहमन्त्री खाँणले दिएको आश्वासन पूरा भएन « Khabarhub

पहिरोले बगाएको बाटो खुलाउन गृहमन्त्री खाँणले दिएको आश्वासन पूरा भएन


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गत १३ असोजमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम सिप्चेट मानखाङ गुम्बा उद्घाटन गर्न गृहमन्त्री बालकृष्ण खाँण हेलिकोप्टरमार्फत पुगेका थिए ।

हेलिकोप्टर चढेर गुम्बा उद्घाटन गर्न गएका गृहमन्त्री खाँणलाई चुम उपत्यकावासीले भव्यताका साथ स्वागत गरे । जतिबेला खाँण चुम उपत्यका पुगेका थिए त्योभन्दा महिनौं अघिदेखि (गत ३० साउन) चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पार प्रवेशद्वार लोक्पाखोलामा पहिरोले बाटो अवरुद्ध बनाएको थियो ।

पहिरोले गाउँ प्रवेश गर्ने एक मात्रै पैदलमार्ग पुरिएपछि दुई वडाका सात सय घर परिवार गाउँमै थुनिएका थिए । उनीहरूले संचित गरेर राखेको खाद्यान्न विस्तारै सकिँदै थियो । विपन्न र गरिब परिवारमा खाद्यान्नको हाहाकार हुने अवस्था हुन लागिसकेको थियो ।

प्राकृतिक विपत्ति अनि त्यसपछिका समस्यासँग पैठेजोरी खेलिरहेका चुमनुब्रीवासीलाई गृहमन्त्री खाँणले बाटो रहेको बाटो खुलाउने आश्वास दिएका थिए । साथै उनले राहत स्वरुप तत्काल खाद्यान्न पनि उपलब्ध गराउँने प्रतिबद्धता जनाएका थिए । तर उनी फर्केको डेढ महिना बितिसक्दा पनि अहिलेसम्म बाटो खुलाउने कुनै सुर सार भएको छैन । स्थानीय, प्रदेश वा संघ कुनै पनि सरकारले अहिलेसम्म स्थलगत अध्ययनका लागि समेत प्रतिनिधि तथा प्राविधिक पठाएको छैन ।

चुमनुव्री–६ का वडाध्यक्ष लोप्साङ लामाका अनुसार असोजमा वडा, पालिका र प्रशासनको लगातारको ताकेतापछि गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत छेकम्पार र चुम्चेतमा ९४ क्विटल चामल पठाएको थियो । ‘सरकारको तर्फबाट भनेर एक पटक सेनाको हेलिकोप्टरबाट चामल आइपुगेको थियो । यहाँका प्रत्येक घरलाई १५–१५ किलोका दरले पुगेको थियो । त्यो पनि ३० किलोको १५ सयका दरले रकम उठाएर खाद्यन्नका कर्मचारीलाई दिएको हो । सरकारले दिएको ढुवानी अनुदान मात्रै हो । अरु केही छैन्,’ चुमनुव्रीका सामाजिक अभियन्ता निमा लामा भन्छन् ।

पहिरो जानु भन्दाअघि यहाँ खच्चडबाट खाद्यान्न ढुवानी गरिन्थ्यो । तर, विगत तीन महिनादेखि यहाँ आवतजावत ठप्प छ । न खच्चड हिँड्न सक्छ, न मान्छे नै । गत भदौदेखि यी दुई वडामा नुन, तेल, चामल, चिनीलगायतका खाद्यान्न ढुवानी हुन सकेको छैन् । त्यसअघि ढुवानी गरेका बाँकी सामग्री पनि सकिन थालेपछि अहिले स्थानीयहरु गहुँको ढिँडो र फापरको रोटी खाएर छाक टारिरहेका छन् ।

लामा भन्छन्, ‘यहाँ खाद्य संकट सुरु भइसक्यो । तत्काल सरकारले यस बिषयमा ध्यान दिनुपर्छ ।’ समयमै सरकारले यहाँका समस्या समाधान नगरे खाद्य संकट सँगसँगै यहाँका स्थानीयमा विभिन्न खाले पोषण अभाव हुने संकेत देखिन्छ ।

गाउँमा खाद्य संकट हुन थालेपछि केही दिनयता स्थानीय युवा ज्यान जोखिममा राखेर पहिरोलाई बेवास्ता गर्दै आउजाउ गर्न थालेको लामा बताउँछन् ।

भन्छन्, ‘खाद्य संकट लागेपछि अर्को विकल्प के हुन्छ र ? माथिबाट ढुंगा कतिबेला खस्छ भर हुुँदैन् । तर, स्थानीय केही युवा जसोतसो पहिरो छल्दै आउजाउ गर्न थालेका छन् । माथिबाट पहिरो खसिहाल्यो भने के हुने हो ?’

स्थानीयका अनुसार चुम उपत्यकाको समस्या ‘ज्यूँ का त्यूँ’ छ । तर, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भने समस्या समाधान भइसकेको दाबी गर्छन् । सिडियो आचार्य भन्छन्, ‘दुई–तीन दिन भयो त्यहाँ अहिले बाटो सञ्चालनमा आइसक्यो । स्थानीयले खच्चडबाट खाद्यान्न ढुवानी गर्न थालिसके । स्थानीय आउजाउ गर्न थालिसके ।’

सिडियोले समस्या समाधान भइसकेको भनेपछि स्थानीयले भने झुठो बोलको आरोप लगाएका छन् । एक स्थानीयले भने, ‘सिडिओ हिँडेर जानु पर्‍यो नि । हेलिकोप्टरमा गएर समस्या थाहा हुन्छ ? त्यसै झुठो प्रतिवेदन दिएर हुन्छ ? हिँडेर गएर त्यहाँको समस्याको वास्तविकता सम्बन्धित निकायलाई पठाउनु पर्ने मान्छे समस्या समाधान भईसक्यो भनेर झुटो बोलेर हुन्छ ?’ न्यूजकारखाना

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ५ : २४ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक