कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो « Khabarhub

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उक्त झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीहरूले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो जनाउँदै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ३० बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि