निर्माणकर्मीका लागि ५ लाख बराबर दुर्घटना बीमाको व्यवस्था « Khabarhub

निर्माणकर्मीका लागि ५ लाख बराबर दुर्घटना बीमाको व्यवस्था


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरूमा निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ। साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरिएको छ। बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आईरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएका बताएको छ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो।

पहिलो चरणअन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्रिया गरिएको छ। उनीहरूको जोखिम बीमा समेत गराई सकेको कम्पनीले बताएको छ।

कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ०५ बजे

नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल आउट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय

वानखेडेमा नेपाली क्रिकेटको रौनक (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको छ

नेपालको सय रन पूरा

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौं– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा