अमेरिकी सहायक विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीच भेटवार्ता « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोरोनाले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले कोप२६ मा नेपालले जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेका थिए । नेपालले कार्बन उत्सर्जन विस्तारै शून्यमा झार्ने प्रतिवद्धता गरेको छ ।

सहायक विदेशमन्त्री लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौँ आइपुगेका थिए।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : १९ बजे

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक