सम्मानजक सहभागितासहित सरकारमा जाने माओवादी कर्णालीको निर्णय « Khabarhub

सम्मानजक सहभागितासहित सरकारमा जाने माओवादी कर्णालीको निर्णय


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको बैठकले सम्मानजनक सहभागितासहित सरकारमा जाने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा बसेको दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादीको सम्मानजनक सहभागिताको सुनिश्चिता सत्ता साझेदार दलभित्र खोज्ने निर्णय गरेको दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले जानकारी दिए ।

“आज बसेको बैठकमा माओवादीको सम्मानजनक सुनिश्चिततासहितको सहभागिता खोज्ने जिम्मा दलको नेता शाहीलाई दिने निर्णय गरिएको छ”, प्रमुख सचेतक विष्टले भने, “यस विषयमा उहाँ (दलको नेता) ले सत्ता गठबन्धन दलभित्र छलफल गर्नुहुन्छ ।” माओवादी केन्द्रले मुख्यमन्त्री शाही नियुक्त भएदेखि चार मन्त्रीको सुनिश्चितता खोज्दै आएको र बिहीबार पनि त्यसैमा टेकेर निर्णय गरिएको उनको भनाइ थियो ।

उनका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहीले तदारुकता देखाउनुपर्दछ । माओवादीका सकेसम्म नयाँ अनुहारका प्रदेशसभा सदस्य सरकारमा जाने जनाउँदै प्रमुख सचेतक विष्टले बिहीबारको बैठकमा जनजीविकाका सवाललाई केन्द्र राखेर छलफल भएको जनाए ।

सरकार गठनका लागि सत्ता गठबन्धन दलको नेतृत्वको गरिरहेको नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक दुई, माओवादी केन्द्रले चार र नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् । प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन् । रासस

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ५६ बजे

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक