‘बजाज खुसीका तीन डोज’ को विजेता घोषणा « Khabarhub

‘बजाज खुसीका तीन डोज’ को विजेता घोषणा


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्दले ‘बजाज खुसीको ३ डोज’ को विजेता घोषणा गरेको छ।

नेपालीहरूको महान् चाड बडादसैँ, तिहार र छठको अवसरमा गरिएको ‘खुसीको ३ डोज’को विजेता बन्न सफल भई लालबन्दीका बिट्टुकुमार गुप्ताले १० लाख रुपैयाँ हात पार्न सफल भएका छन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल किनेका थिए।  ‘यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु, विजेता बिट्टुले भने, ‘यस्तो योजना सञ्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।’

हंसराज हुलासचन्दका प्रबन्ध निर्देशक शेखर गोल्छाले, ‘खुसीका तीन डोजमा सहभागी सम्पूर्ण उपभोक्ताहरूका साथै विजेताहरूलाई हार्दिक बधाई दिए । ‘हामीले सधैँ हाम्रा ग्राहक वर्गको लागि उपयुक्त हुने योजना र अफरहरू ल्याइरहेका छौँ । यो योजनामा यहाँहरूको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।’ उनले भने।

बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद, खरिद गर्ने बेलामा एक लाख र बम्पर अफरमा कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ०० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक