‘बजाज खुसीका तीन डोज’ को विजेता घोषणा « Khabarhub

‘बजाज खुसीका तीन डोज’ को विजेता घोषणा


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्दले ‘बजाज खुसीको ३ डोज’ को विजेता घोषणा गरेको छ।

नेपालीहरूको महान् चाड बडादसैँ, तिहार र छठको अवसरमा गरिएको ‘खुसीको ३ डोज’को विजेता बन्न सफल भई लालबन्दीका बिट्टुकुमार गुप्ताले १० लाख रुपैयाँ हात पार्न सफल भएका छन् । उनले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल किनेका थिए।  ‘यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु, विजेता बिट्टुले भने, ‘यस्तो योजना सञ्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।’

हंसराज हुलासचन्दका प्रबन्ध निर्देशक शेखर गोल्छाले, ‘खुसीका तीन डोजमा सहभागी सम्पूर्ण उपभोक्ताहरूका साथै विजेताहरूलाई हार्दिक बधाई दिए । ‘हामीले सधैँ हाम्रा ग्राहक वर्गको लागि उपयुक्त हुने योजना र अफरहरू ल्याइरहेका छौँ । यो योजनामा यहाँहरूको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।’ उनले भने।

बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद, खरिद गर्ने बेलामा एक लाख र बम्पर अफरमा कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ०० बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित