ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी | Khabarhub Khabarhub

ज्याकलिनलाई भेट्न सुकेशको महंगो लगानी


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– करिब दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मामलाका आरोपी सुकेश चन्द्रशेखरलाई लिएर एउटा नयाँ खुलासा भएको छ । सुकेशले अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भेट्न पिंकी इरानीलाई ठूलो रकम दिएको खुलासा भएको हो । पिंकीलाई हालैमात्र प्रवर्तन निर्देशनालय (इडी)ले पक्राउ गरेको थियो ।

इडीका अधिकारीले शुक्रबार पिंकी र सुकेशलाई तिहाड जेल पठाएका छन् । इडीले अलग–अलग र सँगै एकै प्रश्न सोधेर बयान दर्ता गराएका थियो ।

इडीका अधिकारीहरुका अनुसार सुकेशले ज्याकलिनलाई भेट्नका लागि पिंकीलाई करोडौं रकम दिएका थिए । सुकेशले रोहिणी जेलमा रहँदा त्यहाँका कर्मचारीलाई एक महिनामा करोडौं रुपैंयाँ भुक्तान गरेर आफ्नो रंगदारी र्‍याकेट चलाइरहेको आरोप इडीको छ ।

रोहिणी जेलभित्र सुकेशलाई पुरा ब्यारेक दिइएको थियो । जहाँ उनलाई दुई मोबाइल फोन प्रयोग गर्न अनुमति थियो । उसको गतिविधिलाई अधिकारीहरुले सिसिटिभी क्यामराबाट हेर्ने गरेका थिए ।

इडीले सुकेश जेलमा रहँदा रेनबेक्सीका पूर्व प्रमोटरकी पत्नी अदिती सिंहबाट २ सय करोड रुपैंयाँ ठगी गरेका थिए । अदिती आफ्नो पति शिविन्दर मोहन सिंहलाई भेट्न जेलमा जाने गर्थिन् । जहाँ शिविन्दर सन् २०१९ मा फण्ड हेरफेर मामलामा पक्राउ परेर जेल बसेका थिए । सुकेशले अदितीलाई जेलमा भेटेर एक स्पूफिंग एपको प्रयोग गरी उनलाई भर्चुअल कल गरेका थिए । आफूलाई केन्द्र सरकारको एक अधिकारी बताउदै उनले दुई सय करोड रुपैंयाँ मागेका थिए । उनले पैसा पाएमा पतिलाई जमानत दिलाउने वचन दिएका थिए । इडीले अहिले सुकेशको पैसा विदेशमा लगानी भएको छ या छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

अभिनेत्री ज्याकलिनलाई सुकेशले महंगो उपहार दिने गरेको खुलासा केही समय अघि भएको थियो । सुकेशसँग आफ्नो मेकअप आर्टिस्टको माध्यमबाट सम्पर्क भएको ज्याकलिनले इडीलाई बयान दिएकी थिइन् । केही समय अघि ज्याकलिनसँगको सुकेशको सेल्फी तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : ०० बजे

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि १५ करोडका योजना सञ्चालन

दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ

भोजपुरमा फूल उत्पादन घट्यो, माग उच्च

भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको

झिनियाँको माग बढ्दो, व्यवसायीलाई उत्पादन गर्न भ्याइनभ्याई

रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका