कांग्रेस मतगणना : केन्द्रीय सदस्यमा डा.शशांक कोइरालाको शुरूवाती अग्रता « Khabarhub

कांग्रेस मतगणना : केन्द्रीय सदस्यमा डा.शशांक कोइरालाको शुरूवाती अग्रता


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा डा.शशांक कोइरालाले शुरूवाती अग्रता लिएका छन् ।

१६५ मत गणनामा कोइराला ५९ मतसहित अगाडि छन् । प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्।

कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन् ।

यस्तै जितजंग बस्नेतले ३९, जीपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दीपक गिरीले ४०, दीपक कँडेलले ३०, दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३ र बालकृष्ण खाँणले ४६ मत ल्याएका छन्।

मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन् ।

कांग्रेस महाधिवेशनमा चार हजार छ सय भन्दा बढी मत खसेको छ। मतगणना १५ ठाउँमा भइरहेको छ ।

१२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदान छन् । खुलातर्फको ३५ जनाको सिटमा ९९ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ४६ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले