कांग्रेस मतगणना : केन्द्रीय सदस्यमा डा.शशांक कोइरालाको शुरूवाती अग्रता « Khabarhub

कांग्रेस मतगणना : केन्द्रीय सदस्यमा डा.शशांक कोइरालाको शुरूवाती अग्रता


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा डा.शशांक कोइरालाले शुरूवाती अग्रता लिएका छन् ।

१६५ मत गणनामा कोइराला ५९ मतसहित अगाडि छन् । प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्।

कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन् ।

यस्तै जितजंग बस्नेतले ३९, जीपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दीपक गिरीले ४०, दीपक कँडेलले ३०, दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३ र बालकृष्ण खाँणले ४६ मत ल्याएका छन्।

मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन् ।

कांग्रेस महाधिवेशनमा चार हजार छ सय भन्दा बढी मत खसेको छ। मतगणना १५ ठाउँमा भइरहेको छ ।

१२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदान छन् । खुलातर्फको ३५ जनाको सिटमा ९९ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ३ : ४६ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको