इभ्राहिमोभिचको उत्कृष्ट प्रदर्शनमा एसी मिलान विजयी « Khabarhub

इभ्राहिमोभिचको उत्कृष्ट प्रदर्शनमा एसी मिलान विजयी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एसी मिलानले इटालियन सिरी ‘ए’ मा फुटबलमा  क्याग्लिएरीविरूद्ध २–० को जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा हराएको हो । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई गोल गरे ।

खेलको सातौँ मिनेटमा पेनाल्टीबाट टिमलाई अग्रता दिलाएका इभ्राहिमोभिचले दोस्रो हाफको ५२औँ मिनेटमा अर्को गोल गर्दै मिलानलाई २-०को जित सुनिश्चित गरे ।

जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ । पराजित क्याग्लिएरी १४ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ३६ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ