इभ्राहिमोभिचको उत्कृष्ट प्रदर्शनमा एसी मिलान विजयी « Khabarhub

इभ्राहिमोभिचको उत्कृष्ट प्रदर्शनमा एसी मिलान विजयी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एसी मिलानले इटालियन सिरी ‘ए’ मा फुटबलमा  क्याग्लिएरीविरूद्ध २–० को जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा हराएको हो । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई गोल गरे ।

खेलको सातौँ मिनेटमा पेनाल्टीबाट टिमलाई अग्रता दिलाएका इभ्राहिमोभिचले दोस्रो हाफको ५२औँ मिनेटमा अर्को गोल गर्दै मिलानलाई २-०को जित सुनिश्चित गरे ।

जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ । पराजित क्याग्लिएरी १४ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ३६ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति