खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी « Khabarhub

खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ ।

डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु खोपको अनुचित र असमान वितरणको उच्चतम नमूना भएको उनले बताए ।

अहिलेसम्म विश्वका ४९ देशमा तीन करोड ९० लाख डोज खोप दिइएको र ती अधिकांश खोप असमान तवरले वितरण भएकोमा गेब्रियससले चिन्ता जनाएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।

कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दोरूपमा देखिने खतरा उच्च भएको आकलन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । यो कार्यक्रम अर्को महिना सुरु हुनेछ ।

डब्ल्युएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर नै फैलिसकेको छ । हालसम्म ९ करोड ६० लाख संक्रमित भएका छन् भने २० लाख ४८ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग