भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो « Khabarhub

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पुर्‍याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ ।

नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पुर्‍याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो रु ९० को हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो रु १४० मा किनबेच भइरहेको छ । यसै वर्षको भाउ पनि एकरुपता छैन ।

शुरुमा रु १०० रहेकामा विस्तारै बढेर रु १४० पुगेको हो । कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरे बताउनुहुन्छ । यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ ।

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्न सक्ने उहाँको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्लिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्लिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गरेका छन् ।

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि भाउ कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ । “कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ”, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका छन् ।

यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको भाउ कम मात्र दिने गरेको छ । यस वर्ष भने भाउ उल्लेखीय आएकाले किसानसमेत बेच्न कसिएका छन् । कुचोको भाउ उल्लेखीय आएकाले माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्लिसो थुतेर बेच्न शुरु गरेको जानकारी दिए । भाउ घटबढ भइरहने हुनाले तत्काल बेच्नका लागि बेघाले यस वर्ष कुचो बेच्न हतार गरिरहेका छन् । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहेनत गर्नु नपर्ने भएकाले पनि किसानले अम्लिसो खेती गर्छन् । गाई भैँसीको लागि मुख्य घाँसको रुपमा किसानले अम्लिसो रोप्ने गर्छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : ५० बजे

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको

द्वन्द्व ‘फ्रिज’ गर्ने प्रस्ताव अस्वीकार गर्दै रूस

मस्को- रूसले युक्रेनसँग जारी द्वन्द्वलाई तत्काल ‘फ्रिज’ वा अस्थायी रूपमा रोक्ने

सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

काठमाडौं– नेपाललाई सनातन हिन्दुराष्ट्र पुनः स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा

सांसद ध्रुव राईको कटाक्ष : राष्ट्रिय मुद्दामा देश एक हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको छ

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित