आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा « Khabarhub

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंसिरको अन्तिम साताबाट फिल्म छायांकनका लागि अनुमति दिएपछि फिल्म निर्माताहरु फिल्म छायांकनमा जुटिरहेका छन् ।

यसैबीच कोरोना भाइरसका कारण छायांकन रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा गएको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमले आइतवार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेको हो ।

निर्माता लक्ष्मण रिजालका अनुसार फिल्मको केही दृश्य पोखरामा खिचिनेछ । त्यसपछि मुस्ताङका दृश्य खिचिनेछ ।

फिल्ममा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको समेत अभिनय रहने जनाइएको छ ।

यो फिल्मको छायांकन महेश आर गुप्ताले गर्नेछन् भने विपिका खनालले कथा तयार पारेकी छिन् ।

यस्तै प्रविण झाले निर्देशन गर्ने यो फिल्ममा उमेर अन्तरका युवायुवतीबीचको प्रेम देखाइनेछ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ०६ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार