एन्फाको १९ औँ वार्षिक साधारण सभा सुरू « Khabarhub

एन्फाको १९ औँ वार्षिक साधारण सभा सुरू


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ(एन्फा)को १९ औँ वार्षिक साधारण सभा सुरु भएको छ। मंगलबार ललितपुरस्थित एक होटलमा एन्फाको वार्षिक साधारण सभा सुरु भएको हो।

युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ, खेलकुद मन्त्रालय सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप बोर्ड सदस्य तथा एन्फाका जिल्लादेखि केन्द्रका पदाधिकारीहरु सहभागि कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने अतिथिहरुले एन्फाले नेपाली फुटबल विकासमा खेल्नु पर्ने भूमिका र अहिलेको अवस्थाबारे चर्चा गरे।

कार्यक्रमका सभापति रहेका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरे।

जसमा एन्फाले बनाएको आर्थिक कार्यविधि, कर्मचारी नियमावली लगायतका प्रशासनिक कुरामा सुधार, प्रतियोगिता भइरहेको, ग्रासरुटमा पाएको सफलताले आफ्नो दुई वर्षे कार्यकाल सफलता उन्मुख भएको दाबी गरे।

यद्यपि उनले आफ्नो योजना अनुसार काम हुन नसकेको स्पष्ट पारेका छन्। विभिन्न पाँच बुँदाका रुपमा चर्चा गरेका उनले पार्दशितालाई धेरै जोर दिए।

तर, पछिल्लो समय उनीमाथि उनकै कार्यसमिति पदाधिकारीले नेतृत्व आफू खुसी निर्णय गरिरहेको, आफुलाई पाएक पर्ने गरि निर्णय गर्ने गरेको जस्ता आरोप लाउने गरेका छन्।

यता, राखेप सदस्य सचिव सिलवालले नेपाली फुटबल विकासमा एन्फा अगाडि बढेको र त्यसमा आफ्नो साथ रहेको स्पष्ट पारेका छन्। उनले पछिल्लो समय नेपमली फुटबल प्रतियोगिता बढ्नुमा राखेपको पनि सक्रियता र चाँसो रहेको बताएका छन्।

उनले राखेप र एन्फाबीच कुनै किसिमको विवाद नरहेको र आफू एन्फासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्।

पूर्व युवा तथा खेलुद मन्त्री पुरुषोत्तम पौडेलले एन्फाले फुटबल विकासमा भूमिका खेल्न सक्ने बताएका छन्। उनले १२ औँ सागको प्रशंग अगाडि सार्दै भने,`खेलकुदले राष्ट्रिय एकतामा ठूलो भूमिका खेल्छ। १२ औँ सागमा नेपालले भारतलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालमा नाकाबन्दी चलिरहेको थियो। त्यहीँबेला नेपालले जितेको स्वर्णलाई मानिसहरुले गौरवका साथ मनाएका थिए।´

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ३५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको