एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी « Khabarhub

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ।

पेपरलेस वारेन्टीमार्फत एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजिराख्नु नपर्ने कम्पनीले जनाएको छ।

अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नेछन्।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीले एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा ग्राहकहरुको ठूलो भूमिका रहेको बताए।

उनले भने, ‘ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधै हाम्रा ग्राहकहरुको हितमा काम गर्ने ऊर्जा र हौसला प्रदान गर्दछ। त्यही कार्यलाई निरन्तरता दिदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ।’

उनले धेरै ग्राहकहरुबाट वारेन्टीको दाबी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेको बताए।

उनले भने, १यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ।’

पेपरलेस वारेन्टीको अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको त्तच् कोड स्क्यान गरि रेजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ।

यसबारे थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ३७ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित