ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : प्रचण्ड (भिडियोसहित) « Khabarhub

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : प्रचण्ड (भिडियोसहित)


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताएका छन्।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध आएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको आरोप लगाए ।

उनले भने ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’

उनले ओली धुर्त भएका आरोप पनि लगाए। ओलीले आफ्नो अधिकारमै नभएको कुरा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताए ।

हेरौँ भिडियो

प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजिरहेको आरोप लगाउँदै उनले यसलाई जोगाउन आफूहरु सडकमा उत्रिन बाध्य भएको बताए ।

‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ भने त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ,’ उनले भने ।

नेपाली जनतालाई सिंहको संज्ञा दिँदै तानाशाही र निरङ्कुश ओली प्रवृतिविरुद्ध सबैले एकपटक गर्जिनुपर्ने तर्क गरे।

पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पार्दै उनले पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गरे।

सम्बोधनका क्रममा उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा समेत गरे ।

‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

हेरौँ भिडियो

प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे ।

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : २८ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।