ओलीको भाषामा 'राजा महाराजाको दुर्गन्ध' आयो : प्रचण्ड (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : प्रचण्ड (भिडियोसहित)


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताएका छन्।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध आएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको आरोप लगाए ।

उनले भने ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’

उनले ओली धुर्त भएका आरोप पनि लगाए। ओलीले आफ्नो अधिकारमै नभएको कुरा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताए ।

हेरौँ भिडियो

प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजिरहेको आरोप लगाउँदै उनले यसलाई जोगाउन आफूहरु सडकमा उत्रिन बाध्य भएको बताए ।

‘कसैले आफ्नो बच्चाको हत्या गर्न खोज्छ भने त्यसको रक्षाका लागि जस्तोसुकै कदम चलाउन सक्नुपर्छ,’ उनले भने ।

नेपाली जनतालाई सिंहको संज्ञा दिँदै तानाशाही र निरङ्कुश ओली प्रवृतिविरुद्ध सबैले एकपटक गर्जिनुपर्ने तर्क गरे।

पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पार्दै उनले पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको दाबी गरे।

सम्बोधनका क्रममा उनले आफू कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने ठोकुवा समेत गरे ।

‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

हेरौँ भिडियो

प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे ।

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : २८ बजे

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति

माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी- बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान

‘लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्छ’

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३